फानी नाम दिइएको शक्तिशाली समुद्री आँधीले नेपालमा पनि प्रभाव पर्ने !
बिबिसी – फानी नाम दिइएको शक्तिशाली समुद्री आँधी आउन लागेकाले भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। अहिले बङ्गालको खाडीबाट समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ।
भारतमा हिन्द महासागरको तटवर्ती क्षेत्रबाट लाखौँ मानिसलाई सुरक्षित स्थलतर्फ सार्न थालिएको छ। दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिशा राज्यतिर बढिरहेको छ।
फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ।
भोलि पश्चिमी वायु पनि सक्रिय हुने देखिएकाले समुद्री आँधी फानी र पश्चिमी वायुका कारण देशैभरि वर्षा हुने अनुमान गरिएको छ।”
बीबीसी नेपाली सेवासँग कुरा गर्दै उनले हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको बताइन्।फानी र पश्चिमी वायुको प्रभाव शनिवारपछि कमजोर हुने र आइतवारदेखि मौसम सफा हुने मौसम महाशाखाको पूर्वानुमान छ । नेपालको मौसम विभागले पनि पूर्वानुमान अनुसार शुक्रवार अपरान्हपछि सो आँधी नेपालको पूर्वी भूभागनजिक हुँदै उत्तर पूर्व जाने क्रममा धेरै नै कमजोर हुने जनाएको छ।
सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो। हिमपात र हिमपहिरोमा परेर कम्ती तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो। गत महिना नेपालको बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीमा धनजनको ठूलो क्षति भएको थियो। नेपालको मौसम विज्ञान विभागले सो हावाहुरी टोर्नेडो भएको बताएको छ।
र यस्तो अबस्ता हामी हरु सबै जना सर्तक रहेर
बस्नु पर्छ । लक्षण पाउन साथ बलियो घरमा नै बसेको धेरै राम्रो हुने छ । पहिलानै
बाहिर राकीएको उडाउने सामान हरु लाई सुरक्षीत स्थान मा राख्न सबैलाई सुचना गरीन्छ
। जिवन र प्राण भन्दा ठुलो अरु केहि छैन ।


Comments
Post a Comment