France seal second World Cup triumph with 4-2 win over brave Croatia (जित्ने र चुम्ने बन्यो फ्रान्स)
विश्कप फुटबल प्रतियोगिता अन्तरगत मस्कोमा भएको फाइनल भिडन्तमा क्रोएसियालाई ४ – २ गोलले पराजित गर्दै फ्रान्सले दोस्रो पटक उपाधि उचालेको चुमेको छ । पहिलो हाफमा २ गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थप्दै ४ – २ को जितसहित दोस्रो पटक उपाधि उचालेको हो । फ्रान्सले यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप उचालेको थियो । पहिलो पटक फाइनलमा पुग्दै पराजित भएको क्रोएसियाले फ्रान्सविरुद्ध पहिलो र दोस्रो हाफमा १ – १ गोल गर्न सफल भयो । खेलको सुरुवातमै क्रोएसियाविरुद्ध फ्रान्सले अग्रता बनाएको थियो । खेलको १७ औँ मिनेटमा डी बक्स बाहिर पाएको फ्रि किक बललाई फा्रन्सले गोलमा परिणत गर्न सफल भएको हो । फ्रान्सका लागि एन्टोइन ग्रिजमनले हानेको फ्रि किक बल क्रोएसियाका मारियो मान्जुकिजले बचाउन खोज्दा जाली चुम्न खोजेको थियो । त्यसपछि खेलको २८ औँ मिनेटमा गोल क्रोएसिया खेलमा फर्किएको थियो । लुका मोर्डिचले हानेको फ्रि किक बललाई फ्रान्सको डि बक्स भित्र अल...