नारायणगढ - मुग्लिन सडकको सम्पूर्ण भाग कालोपत्रेबाट जोडिएको छ । नेपालकै सबै भन्दा समस्या देखिएको नारायणगढ - मुग्लिन सडकको सम्पूर्ण खण्ड कालोपत्रेबाट जोडिएको छ। यो खण्ड नबन्जेल दैनिक ४ देखि ६ घण्टा बन्द हुने गरेको थियो । यात्रामा धेरै नै सास्ती खेप्तै आउनु परेको र कती रात त बसको सिटमै सुतेर बिताईएका पलहरु यात्रुका मनसपटलमा झलझलती संझनामा आईरहेका छन । आफैमा स्रोत र साधन नभएको त्यसमा पनी पहाडै पहाडले भनेको जमिन यो नेपाल बिकास गर्न साह्रै गारो भईरहेको छ । सबैको नजरमा रहिरहेको यो सडक खण्डत बनाउने यती गारो पर्यो भने अरु नेपालका पहाडी बाटाका त कुरानै नगरौ । भारतीय नाकाबन्दीमा ईन्धन अभावले र २०७२ सालको भूकम्पको मुखैमा सम्झौता जस्ता समस्याले गर्दा निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो सम्पन्न भयो । अरु बाँकी रहेका ठाँउमा दोस्रो / तेस्रो तहको कालोपत्रे गर्ने काम भईरहने छ । दासढुङ्गा - सिमलताल खण्डको १० . ६९ मध्ये सम्पूर्ण लम्बाईमा तिनै तहको कालोपत्रे सम्पन्न भ...