चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘झ्याम्म झ्याम्म’ गीतको भिडियो सार्वजनिक गरिएको छ । हरिवंश आचार्य र आस्था राउतले गाएको यो गीतमा उत्तम सञ्जेलको शब्द र किरण कँडेलको संगीत छ । गीतमा प्रियंका कार्की, दीपकराज गिरी र बुद्धि तामाङ र विक्रम राई नाचेका छन् । सबैलाई मन पर्ने खालको यो गीत धेरै राम्रो छ ।