Skip to main content

नारायणगढ-मुग्लिन सडक खण्ड सम्पूर्ण भाग कालोपत्रेसंग जोडिएको जानकारी ।



नारायणगढ-मुग्लिन सडकको सम्पूर्ण भाग कालोपत्रेबाट जोडिएको छ ।
नेपालकै सबै भन्दा समस्या देखिएको नारायणगढ-मुग्लिन सडकको सम्पूर्ण खण्ड कालोपत्रेबाट जोडिएको छ। यो खण्ड नबन्जेल दैनिक देखि घण्टा बन्द हुने गरेको थियो ।
यात्रामा धेरै नै सास्ती खेप्तै आउनु परेको र कती रात त बसको सिटमै सुतेर बिताईएका पलहरु यात्रुका मनसपटलमा झलझलती संझनामा आईरहेका छन ।
आफैमा स्रोत र साधन नभएको त्यसमा पनी पहाडै पहाडले भनेको जमिन यो नेपाल बिकास गर्न साह्रै गारो भईरहेको छ

 । सबैको नजरमा रहिरहेको यो सडक खण्डत बनाउने यती गारो पर्यो भने अरु नेपालका पहाडी बाटाका त कुरानै नगरौ ।     







 भारतीय नाकाबन्दीमा ईन्धन अभावले र २०७२ सालको भूकम्पको मुखैमा सम्झौता जस्ता समस्याले गर्दा निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो सम्पन्न भयो ।
अरु बाँकी रहेका ठाँउमा दोस्रो/तेस्रो तहको कालोपत्रे गर्ने काम भईरहने छ ।
दासढुङ्गा-सिमलताल खण्डको १०.६९ मध्ये सम्पूर्ण लम्बाईमा तिनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ। यो खण्डको भौतिक प्रगति ९७.५० प्रतिशत छ। सिमलताल-मुग्लिन खण्डको १२.१५ किलोमिटर मध्ये सम्पूर्ण लम्बाईमा पहिलो तहको कालोपत्रे सकिएको छ। ११.८० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सम्पन्न भएको छ। यो खण्डमा तेस्रो तहको कालोपत्रे सुरु भएको छैन। अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ।
समग्र आयोजनाको ३३. किलोमिटर मध्ये सम्पूर्णमा पहिलो तहको कालोपत्रे सकिएको, ३२.७० किलोमिटरमा दोस्रो तहको कालोपत्रे सकिएको १२. किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएको उनले बताए। सम्पूर्ण सडकखण्डमा भौतिक प्रगति ९१.५० प्रतिशत छ।
सेन्टिमिटर मोटो पहिलो तहको कालोपत्रे सम्पूर्ण खण्डमा सम्पन्न भइसकेकोले अब नारायणघाट-मुग्लिन सडक अवरोध नभएको अवस्थामा ३५ मिनेटमै पार गर्न सकिने आयोजनाको दावी छ।





Comments